back
CTIZAN AD

सेयर बजार ओरालो यात्रामा

वि.सं.२०८१ साउन २९ मंगलवार

1.8K 

shares

काठमाडौँ । साताको तेस्रो दिन मङ्गलवार सेयर कारोबार मापक नेप्से ओरालो लागेको छ । मङ्गलवार समग्रमा नेप्से आठ दशमलव १८ बिन्दुले ओरालो लागेर दुई हजार नौ सय २३ दशमलव ४६ अङ्कमा झरेको हो ।

नेप्से ओरालो लागे पनि कारोबार रकम भने उल्लेख्य भएको छ । मङ्गलवार करिब २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको पाँच करोड २७ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा कूल सूचीकृत कम्पनीमध्ये एक सय ५१ कम्पनीको मूल्य घट्दा ८० कम्पनीको मूल्य उकालो लागेको छ । छ कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

बैङ्किङ, फाइनान्स, लगानी समूह, जीवन बिमा र व्यापार बाहेक बाकी सबै ८ कम्पनी उपसूचक समूहको मूल्य घटेको छ ।
मातृभूमि लघुवित्त, न्यादि जलविद्युत, पिपुल्स पावर, डोल्टी पावर, गुडविल फाइनान्स, प्रोग्रसिभ फाइनान्स, शुभम् पावर, राप्ती जलविद्युत हिमाल दोलखा जलविद्युत लगायतका कम्पनीका लगानी कर्ताहरूले मनग्य कमाएका छन् ।

उता सगरमाथा जलविद्युत, आतम्नीवर लघुवित्त, नेपाल फाइनान्स, अभियान लघुवित्त, कर्नाली बिकस बैंक, मैलुङ खोला जलविद्युत कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरू धेरै गुमाउनेमा परेका छन् ।

वि.सं.२०८१ साउन २९ मंगलवार १५:२३ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...