back
CTIZAN AD

औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

वि.सं.२०८१ साउन ३१ बिहीवार

753 

shares

राँझा (बाँके) । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् ।

ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य पूर्ण केसीले बताए ।

विसं २०३० मा दुई सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।

वि.सं.२०८१ साउन ३१ बिहीवार ०९:५५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...