back
CTIZAN AD

सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

वि.सं.२०८१ साउन ३१ बिहीवार

600 

shares

कर्णाली । सुर्खेतको हुलाक निर्देशनालय भवन सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ ।

निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए । “श्रीखण्डपुर-अर्विड जेभी काठमाडौँले विसं २०७९ माघ २३ गते रु पाँच करोड ५२ लाख बजेटमा भवन निर्माणको सम्झौता गरी विसं २०८१ असार २४ गते सम्पन्न गर्ने जिम्मा लिएको थियो,” उनले भने, “तोकिएको मितिमै पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ ।”

सुर्खेतका धेरै सरकारी भवन उपत्यका नगर विकास समितिको जग्गामा बनेपनि निर्देशनालयको भवन सात सय दुई दशमलव ६६ वर्गमिटर क्षेत्रफलको आफ्नै जग्गामा बनेको छ । तोकिएको बजेटबाट पाँच प्रतिशत अर्थात रु २७ लाख रकम बचाएर भवन बनेको उनको भनाइ छ ।

प्रदेश सरकार गठन भएपछि विसं २०७४ मा हुलाक निर्देशनालय सुर्खेतको भवन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रुपान्तरण गरिएको थियो । त्यसपछि हुलाक निर्देशनालयको कामकाज महिला तथा बालबालिका कार्यालयबाट गरिँदै आएको हुलाक निर्देशक रेखा गौतमले जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित आफ्नै भवन बनेपछि हुलाक निर्देशनालय यही साउन २० गतेबाट सरेको छ ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको प्राविधिक सहयोगमा भवन निर्माण भएको हो । नवनिर्मित भवन साँढे तीन तलाको १८ कोठासहित सुविधा सम्पन्न बनेको छ । कर्णाली प्रदेशका दश जिल्ला कार्य क्षेत्र रहेको निर्देशनालयमा उपसचिव निर्देशकसहित ६७ दरबन्दी रहेको र रिक्त दरबन्दीमा करार कर्मचारी परिपूर्ति गरेर काम भइरहेको शाखा अधिकृत सुनिता खत्रीले बताइन् ।

वि.सं.२०८१ साउन ३१ बिहीवार १२:०३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...