back

पालिकाद्वारा विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्तिको व्यवस्था

वि.सं.२०८१ साउन ३२ शुक्रवार

210 

shares
NTC AD

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ ।

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए । जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।

यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई रु आठ हजार छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार ०९:४७ मा प्रकाशित

ADBL AD
चौंरी खर्क पुगेर लगाइयो बालबालिकालाई खोप

चौंरी खर्क पुगेर लगाइयो बालबालिकालाई खोप

सिमकोट (हुम्ला) । यहाँको सिमकोट गाउँपालिका-८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको...

डेङ्गीबाट दुईजनाको मृत्यु, एक हजार ६५ जना सङ्क्रमित

डेङ्गीबाट दुईजनाको मृत्यु, एक हजार ६५ जना सङ्क्रमित

झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार...

स्वास्थ्य बीमामा एघार लाख १६ हजारभन्दा बढी आबद्ध

स्वास्थ्य बीमामा एघार लाख १६ हजारभन्दा बढी आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना...

डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

डेङ्गीको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन । चितवनमा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको...

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडाैँ...

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

बिदाको दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न ३४ अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य...