back

भुक्तानी नपाउँदा अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

वि.सं.२०८१ साउन ३२ शुक्रवार

798 

shares

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । “निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,” उनले भने ।

बौदिकाली गाउँपालिका-२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए । अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार ११:४३ मा प्रकाशित

Himalayan Life AD
अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो आग्रह

काठमाडौं । अत्यधिक चिसो बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले आवस्यक काम...

गण्डकीमा छन् तीन सय ६४ प्रसूति केन्द्र

गण्डकीमा छन् तीन सय ६४ प्रसूति केन्द्र

गण्डकी । गण्डकी प्रदेशमा प्रसूति केन्द्रको सङ्ख्या ३६४ पुगेको छ...

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

नेपालीहरुको कण्डम मोह, पाँच महिनामा भित्रियो एक करोड २८ लाख थान कण्डम

काठमाडौं । नेपालीहरुको कण्डम मोह बढेको पाईएको छ । भन्सार...

देवचुली नगर अस्पताल सञ्चालनमा, पौष १४ गते औपचारिक उद्घाटन

देवचुली नगर अस्पताल सञ्चालनमा, पौष १४ गते औपचारिक उद्घाटन

देवचुली । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा निर्माण सम्पन्न भएको देवचुली...