back
CTIZAN AD

देवचुली नगर अस्पताल सञ्चालनमा, पौष १४ गते औपचारिक उद्घाटन

वि.सं.२०८२ पुस ७ सोमवार

984 

shares

देवचुली । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा निर्माण सम्पन्न भएको देवचुली नगर अस्पतालबाट औपचारिक उद्घाटनअघि नै स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको छ। हाल अस्पतालले ५७ जना स्वास्थ्यकर्मीमार्फत विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिरहेको छ। स्थानीय बासिन्दालाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले अस्पताल निर्माण गरेको हो।

अस्पतालको औपचारिक उद्घाटन कार्यक्रम पौष १४ गते आयोजना गरिने भएको छ। उद्घाटन कार्यक्रम नगर प्रमुख हरि प्रसाद न्यौपानेले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै अस्पतालले अझ व्यवस्थित र प्रभावकारी रूपमा सेवा विस्तार गर्ने नगरपालिकाको योजना रहेको छ।

जनस्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठका अनुसार नगर अस्पतालबाट आधारभूत स्वास्थ्य सेवासँगै क्रमशः विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान गरिनेछ। हाल सञ्चालनमा रहेका सेवाहरूलाई क्रमिक रूपमा थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति तथा उपकरणसमेत थप गर्ने योजना रहेको उनले जानकारी दिए ।

करिब बाह्र करोड रुपैयाँ (रु. १२,००,००,०००) को लागतमा निर्माण गरिएको यस अस्पतालमा हाल १५ शय्या (बेड) को व्यवस्था गरिएको छ। अस्पतालमा आकस्मिक सेवा, ओपीडी सेवा, प्रयोगशाला सेवा लगायतका आधारभूत सेवाका साथै जटिल अवस्थाका बिरामीका लागि पनि उपचार सेवा उपलब्ध गराइनेछ।

अस्पतालमा केस आएमा पोस्टमार्टम सेवा, दन्त उपचार सेवा, फिजियोथेरापी सेवा, डायलिसिस सेवा, मेजर ओटी (Major OT) तथा अपरेसन थिएटरमार्फत शल्यक्रिया सेवा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसले गर्दा गम्भीर प्रकृतिका बिरामीले पनि स्थानीय तहमै उपचार पाउने विश्वास गरिएको छ।

नगर अस्पताल सञ्चालनमा आएपछि देवचुली नगरपालिकाका बासिन्दासहित आसपासका स्थानीय नागरिकहरूले उपचारका लागि जिल्ला अस्पताल वा टाढाका ठूला अस्पताल धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। यसले समय, खर्च र झन्झटसमेत घटाउने विश्वास स्थानीयवासीले लिएका छन्।

नगरपालिकाका अनुसार अस्पताल निर्माणको कुल लागत अठार करोड पन्चानब्बे लाख उन्नाइस हजार सात सय छयालिस रुपैयाँ चौबीस पैसा (रु. १८,९५,१९,७४६.२४) रहेको छ। यसमध्ये हालसम्म चौध करोड दस लाख सैंतालीस हजार आठ सय एक्काइस रुपैयाँ चौबीस पैसा (रु. १४,१०,४७,८२१.२४) बराबरको काम सम्पन्न भइसकेको छ भने बाँकी कामसमेत क्रमशः सम्पन्न गरिँदै लगिने जनाइएको छ।

स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने देवचुली नगरपालिकाको दीर्घकालीन लक्ष्यतर्फ यो नगर अस्पताललाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अस्पतालले भविष्यमा थप सेवा विस्तार गर्दै देवचुली नगरलाई स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

 

वि.सं.२०८२ पुस ७ सोमवार १७:२१ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...