back
CTIZAN AD

राष्ट्र बैङ्क पस्यो बतास समूह

वि.सं.२०८१ साउन ३२ शुक्रवार

1.2K 

shares

काठमाडौँ । बेलाबेला विवादमा आइरहेने बतास समूहलाई नेपाल राष्ट्र बैङ्कको थापाथलीमा निर्माणाधीन भवनको भोल्ट बनाउने जिम्मा दिएपछि आलोचना सुरु भएको छ । एक करोड ५० लाख १२ हजार रुपैयाँमा केन्द्रीय बैङ्कले भोल्ट र सोसँग सम्बन्धी सेक्युरिटी सिस्टम निर्माण गर्न बतास समूहलाई जिम्मा दिइएको छ ।

भोल्ट र त्यसको सेक्युरिटी बनाउने ठेक्का पाएको बतास ट्र्याक्टर्स बतास अर्गनाइजेसन अन्तर्गतको एक कम्पनी हो । बतासले नयाँ भवनको भोल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टम मात्र बनाउने छैन, हेभी ड्युटी ¥याकिङको तालीम दिनेछ ।

राष्ट्र बैङ्कको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको तथ्याङ्कमा भोल्ट र सेक्युरिटी सिस्टमको आपूर्ति, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, सञ्चालन सुरुवात र तालीमको ठेक्काका लागि बतास ट्र्याक्टर्सले न्यूनतम बोलकबोल गरेको गरेको उल्लेख छ ।

बतास ट्रयाक्टर्स चर्चित व्यवसायी घराना बतास अर्गनाइजेसनको हो । कम्पनीले गोदरेजको सामाग्री नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थामा गोदरेजकै दराज र भोल्ट प्रयोग भइरहेको छ ।

यस अघि तत्कालीन नेकपाको नेताका रूपमा केपी ओलीनै प्रधानमन्त्री भएका बेला नारायणहिटी दरबार सङ्ग्रहालय परिसर र भारतीय सरकारको सहयोगमा पिङ्गलास्थानमा निर्माण भएको धर्मशाला समेत बतास समूहलाई सुम्पिएका थियो । चर्को आलोचनापछि पछिल्लो सरकारले ओली सरकारले गरेको उक्त निर्णय सच्याउँदै बतास समूहलाई ती ठाउँहरूबाट हटाएको थियो ।

अहिले फेरी एमालेको बुद्धिजीवी सङ्गठनमा एम अधिकारीका नामले इन्ट्री गरेका वर्तमान गभर्नर महाप्रसाद अधिकारीकै पालामा बतास समूह राष्ट्र बैक छिरेका छ । यो एउटा अनौठो संयोग मानिएको छ ।

सन् २०१६ मा स्थापित बतास ट्रयाक्टर्स नेपालका लागि क्याटर पिलर कन्स्ट्रक्सन इक्विपमेन्ट र गोदरेजको आधिकारिक विक्रेता हो । कम्पनीमा ६१ प्रतिशत स्वामित्व आनन्दराज बतास र शान्तराज बतासको छ ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार १३:०७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...