back
CTIZAN AD

सार्दिखोलामा धार्मिक पर्यटन विकास गर्न ‘धार्मिक महोत्सव’

वि.सं.२०८१ साउन ३२ शुक्रवार

891 

shares

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ । स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा आगामी भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो ।

महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्गसहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं माछापुच्छ्रे-२ का वडाध्यक्ष गणेश आचार्यले बताए ।

“यस क्षेत्रको धार्मिक पर्यटन वृद्धिका लागि यहाँका बासिन्दाले आस्था राख्नुहुने अन्य धार्मिक क्षेत्रलाई पनि जोड्ने र प्रवर्द्धनको उद्देश्य महायज्ञको छ । माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमिमा सुन्दरमूर्ति निर्माण हुनेछन्”, उनले भने ।

भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरूका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेका छन् ।

आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चारदेखि पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताए । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्रे गाउँपालिका-२ वडा कार्यालय रहेको छ ।

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण सङ्घसंस्था, आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागिपरेको बताइन्छ । माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले समग्र कास्की जिल्लावासीकै अर्को आकर्षणको केन्द्र बनाई पोखरा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको बसाइ अवधि लम्ब्याउन धार्मिक क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

 

वि.सं.२०८१ साउन ३२ शुक्रवार १३:२३ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...