back
CTIZAN AD

इटालीमा आँधीका कारण डुङ्गा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता

वि.सं.२०८१ भदौ ४ मंगलवार

1.1K 

shares

रोम । इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन् । सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो ।

उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् । इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार बिहान ५ :०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।”

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र वेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ ।

यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, “पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन ।” यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो । कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।

डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुङ्गा हो । बोट इन्टरनेसनलको वेबसाइटका अनुसार यसमा ११।५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५।५ नटिकल माइलसम्म पुग्न सक्छ । एएफपी
च्भाचभकज

वि.सं.२०८१ भदौ ४ मंगलवार ०८:५१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...