back
CTIZAN AD

सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय

वि.सं.२०८१ भदौ ५ बुधवार

891 

shares

धरान (सुनसरी) । वराहक्षेत्र नगरपालिका-१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ ।

नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिकामात्र नभइ समाजका सबै वर्गको दायित्व भएको बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र-१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिए ।

सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उनले व्यक्त गरे । सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ”, नगरप्रमुख कार्कीले भने ।

नगरप्रमुख कार्कीको संयोजकत्वमा गठित संरक्षण एवं सरसफाइ समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, बराहक्षेत्र-१ का वडाअध्यक्ष किसन मगर, बराहक्षेत्र-७ का वडाअध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी मिलन केन्द्र, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि सदस्य छन् । फाइल फाेटाे

वि.सं.२०८१ भदौ ५ बुधवार ११:३३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...