back
CTIZAN AD

पाठेघरको सिष्ट निकाल्न बेहोस बनाउँदा एक महिलाको मृत्यु

वि.सं.२०८१ भदौ ५ बुधवार

2.9K 

shares

चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघर उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

चितवनको गैँडाकोट नगरपालिका-५ की ३९ वर्षीय सम्झना काफ्ले ढकालको पाठेघरमा पलाएको मासु (सिष्ट) निकाल्न बेहोस बनाउँदा मृत्यु भएको हो ।

ढकाललाई मङ्गलवार बायोप्सी गर्ने क्रममा कम्मरभन्दा तलको भाग लट्ठ्याउने औषधि दिइएकोमा उनको मृत्यु भएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ती महिला पहिल्यैदेखि मुटुरोगी रहेकाले उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ ।  ढकालको अवस्था गम्भीर भएपछि थप उपचारका लागि आइसियुमा सारिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जनाए । उनले आइसियुमा सारिएको केही बेरमा उनको मृत्यु भएको भन्ने जानकारी अस्पताल प्रशासनले दिएको बताए ।

मृतकको आफन्तले भने अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् । मङ्गलवार दिउँसो अस्पताल भर्ना गरिएकी ढकालको राति १० बजेतिर मृत्यु भएको थियो । मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको जिकिर गरेका छन् । मृतक महिलाका एक छोरी र एक छोरा छन् ।

वि.सं.२०८१ भदौ ५ बुधवार ११:४० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...