back
CTIZAN AD

क्रसरले खनेको खाल्डोमा डुबेर युवकको मृत्यु

वि.सं.२०८१ भदौ ९ आइतवार

894 

shares

जनकपुरधाम । सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए । इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

ठूलो खाल्डोमा डुब्दा उनको शव खोज्न प्रहरीलाई सकस परेको थियो । सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर टोली शव फेला पारेर निकालेको थियो ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

वि.सं.२०८१ भदौ ९ आइतवार ११:३८ मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...