back
CTIZAN AD

अनलाइन किनेको कट्टु लगाउँदा गर्भवती भएको दाबी

वि.सं.२०८१ भदौ १० सोमवार

2.8K 

shares

एजेन्सी । चीनको एक कम्पनीले हालै मात्र आफ्नो ग्राहक सहायता कर्मचारी र एक महिलाबिच भएको कुराकानीको शृङ्खला सार्वजनिक गरेको थियो । यसमा ती महिलाले आफ्नो छोरी कम्पनीबाट किनेको कट्टु लगाउँदा गर्भवती भएको दाबी गरेकी थिइन् ।

नाम नखुलाइएको उक्त कम्पनीले यस्तो ‘स्टन्ट’ ले उद्यमीहरूलाई व्यापार नै बन्द गर्न बाध्य बनाउन सक्ने चेतावनीसमेत दिएको थियो ।

ती महिलाले चीनको सबैभन्दा ठुलो अनलाइन सपिङ कम्पनी टाओबाओबाट उक्त कम्पनीको कट्टु खरिद गरेकी थिइन् । पछि उनले ती नयाँ कट्टु लगाएपछि आफ्नो छोरी गर्भवती बनेको भन्दै ग्राहक सहायता कर्मचारीहरूलाई गुनासो गरेकी थिइन् । कर्मचारीहरूले यस्तो हुनै नसक्ने भन्दै उनलाई सम्झाउन खोजे पनि योभन्दा भन्दा बाहेक अन्य तरिकाबाट आफ्नो छोरी गर्भवती हुनै नसक्ने अड्डी कसेकी थिइन् ।

महिलालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए । ‘मेरो छोरी तिमीहरूको कट्टु लगाएपछि गर्भवती भएकी छिन्,’ ती महिलाले गुनासो छाडेकी थिइन् । जसको जवाफमा कर्मचारीहरूले सुरुमा लेखेका थिए –कट्टुलाई गर्भवती सार्ने माध्यमको रूपमा प्रयोग गर्न सकिँदैन ।

महिलाले यो कुरा सामाजिक सञ्जालमा साझा गर्न सक्ने डरले कम्पनीले पहिले नै ती महिलासँग भएको कुराकानी आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको थियो । यो पोस्ट निकै भाइरल बनेको थियो । जसमा मानिसहरूले कमेन्ट ती महिलाकी छोरी कसरी गर्भवती बनिन् भन्ने विभिन्न सिद्धान्तहरू सुझाएका छन् ।

यो कथा भाइरल बनेपछि कम्पनीका सीईओले ती महिलालाई सम्पर्क गर्ने प्रयास पनि गरेका थिए । तर, उनको फोन नम्बरबाट ती महिला मिडिया इन्फ्लुएन्सर रहेको खुलेको थियो । त्यसपछि आफूमा ध्यान आकर्षित गर्न उनले यस्तो हर्कत गरेको हुनसक्ने अनुमान लगाउँदै सीईओले उनीसँग सम्पर्क गरेनन् ।

 

वि.सं.२०८१ भदौ १० सोमवार १७:३९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...