back
CTIZAN AD

कतार नेपाली एकता समाजको तिज कार्यक्रम सम्पन्न

वि.सं.२०८१ भदौ १० सोमवार

1.4K 

shares

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय समितिद्वारा आयोजित प्रगतिशिल तिज कार्यक्रम सम्पन्न भएको छ ।
अगस्त २३ का दिन सम्पन्न उक्त तिज कार्यक्रमको संचालन कतार नेपाली एकता समाजका महासचिब मिनराज पुन मगरले सन्चालन गरेका थिए ।

समाजकै अध्यक्ष रामप्रसाद पराजुलिको अध्यक्षता रहेको उक्त कार्यक्रममा पूर्वसांसद तथा अखिल नेपाल महिला सघकी अध्यक्ष मिना पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिब लुमा कान्त पुन मगर, सदस्य खिम बुढा मगर, कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, द्धितिय उपाध्यक्ष अमिन खान, सचिब बलदेब राना मगर, कोषाध्यक्ष लक्ष्मण कोइराला, युगदर्शन सात्ताहिक प्रभास सम्बाददाता उद्धब मगर, महिला संयोजक जानुका बस्नेत (खड्का) बुद्धिजीवी बिभाग मिलन गौतम, रक्तिम सास्कृतिक अभियानका अध्यक्ष बिमल भुसाल, दोहा एरिया समिती अध्यक्ष रण बहादुर नेपाली, वक्रा एरिया समिती मीन बहादुर बि.क, नेपाली जनसम्पर्क समिती सभापति मो.अजिज अलि, प्रभासी नेपाली मन्च कतारका का.वा अध्यक्ष अबसर अलि खान, नेपाली जनप्रगतिशिल मन्चका कावा अध्यक्ष कृष्ण परियार, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष मुक्त्तदा मुसलमानको आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली समाजका अध्यक्ष मनिश यादब, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष राजाराम शाही, नेपाल पत्रकार महासघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, जनप्रगतिशिल मोर्चाका अध्यक्ष रबिन पुन मगर, नेपाली महिला समाज कतारकी सचिब माया खड्का, गैरआबासिय नेपाली सघ कतारका महिला संयोजक सुष्मा खतिवडा, मधेश प्रदेश समन्वय परिषद कतार महासचिब तेजिलाल मण्डल, गन्डकी प्रदेश समन्वय परिषदका का.वा अध्यक्ष अजय बिश्वकर्मा, लुम्बिनी प्रदेश का. वा अध्यक्ष सुजन लोदारी, सुदुर पश्चिमेली नेपाली समाजका संयोजक पुष्कर साउद उपस्थिती रहेको कार्यक्रमलाइ बिधिबतरुपमा ब्यानर उदघाटन सहित प्रमुख अतिथिद्वारा द्धिप प्रज्वलन गरेर सुरुवात गरिएको थियो । उक्त कार्यक्रममा सहीदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै एकमिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रम रक्तिम सास्कृतिक अभियानका कलाकारले गीत संगीतद्वारा स्वागत गरेका थिए भने समाजका महिला संयोजक जानुका बस्नेत (खडका) को स्वागत मन्तव्य, अन्तराष्ट्रिय नेपाली एकता समाजका लुमाकान्त पुन मगर, सदस्य खिम बहादुर बुढा मगर, अमिना खान, जनसम्पर्क समितिका अध्यक्ष मोहमद अजिज अलि, प्रभासी नेपाली मन्चका का.वा अध्यक्ष अबसर अलि खान, नेपाली जनप्रगतिशिल मन्चका का.वा अध्यक्ष कृष्ण परियार, जनप्रगतिशिल मोर्चाका अध्यक्ष रबिन पुन मगर, नेपाल पत्रकार महासघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ, नेपाली महिला समाज सचिब माया खडका, गैरआवासीय नेपाली सघका महिला संयोजक सुष्मा खतिवडा, रामेछाप सेवा समाजका का.वा अध्यक्ष रबिन कार्की, एफ एन जे कतारका सम्पादक अर्जुन पौडेल तनहुँ सेवा समाजका अध्यक्ष पदम गिरि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पुनले महिलाहरु किन पछाडि परेका छन् र किन पारिन्छ भन्ने बिषयमा पनि आफ्ना विचार राखेकी थिइन् ।
पुनले परापुर्वकालदेखी मान्दै आएको आफ्नो तिज पर्व मौलिकता भएपनि पछिल्ला दिनमा एकमहिना अगाडिदेखी तिज मनाउनु गलत प्रवृत्ति भएको भन्द्यै नेपाली दिदी बहिनीले आफ्नो हक अधिकारका लागि नाच्ने र गाउँने मात्र नभएर सक्षम हुन समेत त्यत्तिकै जरुरी रहेको बताइन् । अन्त्यमा रामप्रसाद पराजुलीले कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।

वि.सं.२०८१ भदौ १० सोमवार २१:४२ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...