back
CTIZAN AD

गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द

वि.सं.२०८१ भदौ १४ शुक्रवार

969 

shares

गुल्मी । हावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण गुल्मीले जनाएको छ ।

प्राधिकरणका कर्मचारीहरुका अनुसार धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोटका केही वडामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

हावाहुरीसँगै चट्याङले रेसुङ्गा नगरपालिका वडानम्बर–५ देखि धुर्कोट गाउँपालिका वडानम्बर–५ वस्तुसम्म जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनको ठाउँठाउँमा धेरै नै क्षति पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

विद्युत आपूर्ति पूर्ववत अवस्थामा फर्काउन प्राविधिक टोली खटिएको पोखरेलले बताए । विहीबार चट्याङ लागेर गुल्मीको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएकी छन् ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:१३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...