back
CTIZAN AD

एमसीसी परियोजना स्थल नुवाकोटमा नेकपाको आन्दोलन 

वि.सं.२०८१ भदौ १९ बुधवार

1.1K 

shares

नुवाकोट । अमेरिकी परियोजना एमसीसी र एसपीपी विरुद्ध विगतदेखि नै संघर्ष गर्दै आइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नुवाकोटमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना अन्तर्गत बन्न लागेको विद्युत् सबस्टेशन स्थलसमेत रहेको नुवाकोटमा विप्लवका नेता कार्यकर्ताहरूले यसको कार्यान्वयन नेपालको हितमा नहुने भन्दै यसको अविलम्ब खारेजीको मागसहित मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

करिब एक सय जनाको सङ्ख्यामा रहेका नेकपा कार्यकर्ता तथा समर्थकहरूले सोमवार साँझ सदरमुकाम विदुरमा मसाल जुलुस गर्दै एमसीसी र सैन्य रणनीति अन्तर्गतको एसपीपी राष्ट्रघाती सम्झौता भएको भन्दै यसको चर्को विरोध गरेका थिए । नेकपा निकट नेपाल युवा सङ्घको आयोजनामा भएको प्रदर्शनमा प्रहरीलाई समेत अन्यौलमा पार्दै सम्भावित अवरोध र धरपकटलाई पन्छाउँदै विरोध कार्यक्रम गर्न सफल भएका उनीहरूले यदि देशको राष्ट्रियता नै सङ्कटमा पर्ने र देश विदेशी शक्तिको क्रिडास्थल बन्न नदिने उद्घोष गरेका छन् ।

नेकपा नुवाकोटका जिल्ला इन्चार्ज महेन्द्र सी ले नेपाली स्वाभिमान र राष्ट्रिय स्वाधीनता नै लिलामी गर्ने गरी ल्याइएको एमसीसी र एसपीपी परियोजनालाई असफल पारिछाड्ने र त्यसका निम्ति नेपाली जनताको साथ लिएर जस्तोसुकै संघर्ष र बलिदानी गर्ने चेतावनी दिए । ‘साम्राज्यवादी शक्तिले नेपाली भूमिलाई सैन्य अखडा बनाउने स्वार्थबाट एमसीसी लागू गर्ने सपना देखेको छ’, मसाल जुलुसपछिको विरोध सभालाई सम्बोधन गर्दै इन्चार्ज महेन्द्रले भने–‘त्यसलाई हामी कदापि पुरा हुन दिने छैनौँ ।’ देश बचाउने यो अभियानमा सबै जनतालाई गोलबन्द हुनसमेत उनले अपिल गरेका छन् ।

यसै गरी, नेकपाका जिल्ला सेक्रेटरी आरपी नेपालले नेपालका मुख्य राजनीतिक दलका नेताहरू साम्राज्यवादी अमेरिकाको प्रभाव र प्रलोभनमा सिङ्गो मुलुकलाई दाउमा राखेर एमसीसीजस्तो हानिकारक परियोजनामार्फत् नेपाल र नेपाली जनतामाथी अत्याचार लाद्न लागिपरेको आरोप लगाए । ‘साम्राज्यवादीहरूको गोटी बनेर यो सरकार र ठुला राजनीतिक दलहरूले राष्ट्रघातक र दलाली गरेका छन् । हामी यस्तो षड्यन्त्रबाट देशलाई मुक्त राख्न चाहन्छौँ’, सेक्रेटरी नेपालले भने ।

युवा सङ्घ नुवाकोटका इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य वासु सी ले यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी र एसपीपी कार्यान्वयन गर्ने मूर्खता नगरोस् भन्दै सरकारविरुद्ध खबरदारी गरे । ‘एमसीसीलाई नेपालबाट हटाउनुपर्छ । यो भनेको सिङ्गो देशलाई साम्राज्यवादीहरूको पन्जाबाट सधैँको लागी मुक्त गराउनु हो’, उनले भने ।
नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य शङ्कर सी ले श्रमजीवी जनताको विपक्षमा र स्वाधीनता प्राप्त गर्न नदिन एमसीसी र एसपीपीका नाममा साम्राज्यवाद भित्रिएको उनको दाबी थियो ।

वि.सं.२०८१ भदौ १९ बुधवार १६:४६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...