back
CTIZAN AD

राप्रपाका युवा नेता वैकुण्ठ र नवीन एक कित्तामा एकसाथ 

वि.सं.२०८१ भदौ १९ बुधवार

1.8K 

shares

काठमाडौँ । सुदूर पश्चिमका चर्चित युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन कैलाली जिल्ला वरिष्ठ उपाध्यक्ष वैकुण्ठ बजगाईँ र राप्रपा सुदूर पश्चिम प्रदेशका कार्यकारी सदस्य नवीन संज्याल अब एक कित्तामा उभिएर अगाडि बढ्ने भएका छन् ।

बजगाईँले एमसिसि विरुद्ध सुदूर पश्चिममा पहिलो पटक भएको आन्दोलनको नेतृत्व गरेका थिए । कैलालीको धनगढीमा भएको उक्त आन्दोलनमा उनी सक्रियतापूर्वक लागेका थिए ।

यस्तै संज्याल माननीय ज्ञानेन्द्र शाहीको तीन वर्ष प्रमुख स्वकीय सचिवका रूपमा काम गरे । उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानलाई सफल बनाउन ठुलो योगदान दिएका थिए ।

उनीहरू एक कित्तामा उभिएर अघि बढ्ने निर्णय गरेसँगै युवामा उत्साह थपिएको छ । दुवैले जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन् भने उनीहरूप्रति युवाहरूको चासो र जिज्ञासा बढ्दै गएको छ ।

वि.सं.२०८१ भदौ १९ बुधवार १७:०३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...