back
CTIZAN AD

ती छोरी, रुँदै रुँदै कहाँ पुगी होलिन् ?

वि.सं.२०८१ भदौ २० बिहीवार

4.9K 

shares

आज राति निद खलबलियो । असहज भो, धेरै कुरा खेले मनमा । मिना जी संग दिउसो नै कुरो खोल्छ्ु भन्दा बिर्सेछु । तर आज दर खाने दिन बिहानै उनलाई सुनाए । ‘ती छोरी रुंदै रुंदै कहा पुगि होलिन’ । गरिवीका समस्या सुनाउदा मिनाजीलाई त्यति रमाईलो लाग्दैन । नभनेर पो के गरु, उनलाई थोरै भने अनि, लेख्न पनि मन लाग्यो ।

हिजो अर्थात् २०८१ भाद्र १९ का दिन मध्यान्ह तिर एअरपोर्ट नजिकै संचारग्रामको सुचना बिभागबाट प्रेस कार्ड नविकरण गरेर चक्रपथको बसमा ओम अस्पताल चावहिल तर्फ जादै थिए । मेरो मध्यभागको सिटका ठिक अगाडी एक महिला सुंकसुक गर्दै थिइन । यसो हेरे, उनको सिटसंगै एक अधबैशे बुढा पनि थिए । रुने महिलाको स्वरले मलाई मात्र होईन, अरुलाई पनि तानेकै थियो । उनी सकभर स्वर दवाउन कोशिस गरेको पनि देखिन्थ्यो तर उनको आवाजले मलाई उनको हुलिया जान्न र समस्या थाहा पाउन घच्घचायो ।

ठिक त्यसैबेला उनको मोवाईलमा घण्टि आयो । उताबाट आवाज थियो । ‘कहाँ आईपुगिस’ उनको रुदै उत्तर गयो ‘म गौशालाबाट यता लाग्दैछु, माछापोखरी’ । किन रोएको पैसा भएन र फेरी उनले उत्तर दिइन, मसँग ७०० थियो हिजो कहाँं हराएछु । रामदाईले १ हजार दिन्छु भनेर वचन दियो, अहिले मोवाईल नै उठाएन । उमा दिदीले पनि ५०० रुपियाँ ट्रान्सफर गर्दिन्छु भनेको अहिले मोवाईल अफ छ । मसंँग १०० रुपिया मात्र छ आमा । कसरी आउने, यता छोरी रुदैगर्दा उता आमाको सूकसुक पनि सुनिन्थ्यो । आमाले भनिन् ‘मेरो मोवाईलटी पैसो पठाउन जान्दिन । खोई कसरी कसलाई भन्नु, स्वयम्भुको कारखानाचोकमा सानोमामाको छोरो बच्चे थियो ।’ आमा छोरीका बिचमा यस्तै कुरा चल्दै थियो । म मौन रहन सकिन । १८, १९ को उमेर देखिने उनलाई ‘ भन ,छोरी समस्या के हो, उनले जवाफ दिईनन् । संगै सिटमा रहेका अर्का ब्यक्तिले भने ‘भोलि तिजको दरखान गाउ जान खोजेकी, पैसो रहेनछ नानीसँग ।’

मैले फेरी भने ‘छोरी, मसंग गोजीमा ५०० रहेछ, लौ लिए । पुगेन भने गाडि चढेपछि ड्राइृभर वा कण्डक्टरलाई भन । मेरो नम्बर लैजाउ । मानेनन भने म उनीहरुलाई ट्रान्सफर गर्दिउला ।’ उनी रुदै प्रतिवाद गरीन् ‘नचिनेका लोग्नेमान्छेसंग पैसा लिन्न भन्दै ठाडो जवाफ उनको आयो । पल्लो सीटका दुई दिदीबहिनीले भनेपछि मान्छीन की भन्ने सोचेर उनीहरुलाई अनुरोध के गरेको थिए । उनीहरु नसुनेको झै गरे । ती नानी आशुबाट मुक्त थिईनन् तर म ओम अस्पताल काटेर उता जान सकिन । कमलो मन मेरो, अस्पतालको शौचालय पुग्दासम्म धेरै कुरा खेलाए । देश, परीवर्तन, हाम्रो संस्कृति र अवस्था गम्दै उमा दिदीको मोबाईल खोलीएर वा कार्खानाचोक पुगेर नानीलाई घर पुग्ने पैसा आएको होस भन्ने कल्पना गरे । तीजले हाम्रो समाजमा पारेको गहिरो प्रभाव, रसुवा घर बताउने उनी जसरी पनि घर जाने चाहना, आमाका बाध्यता, मजदुरी गर्ने अन्य आफन्तका आफनै पीडा, सबै पुरुषहरुलाई नकरात्मक ठान्ने सोचाई र तीजले तन्काएको लर्कोका वरीपरी ती छोरीको स्मरण गर्दैछु ।
तीजका नाउमा पार्टी प्यालेस बुक, रेष्टुरेण्टहरुको भीड, तारेहोटलको जमघटलाई अहिले हामी संस्कृतिकै पाटोको रुपमा बुझेका छौ । भड्किलो तीजः कति संस्कृति ? कति विकृति भनेर हामीले बर्षौदेखि बहश गरेपनि त्यसलाई समाज बिकास र परीवर्तनको लागी चेतना संप्रेषणको माध्यम बनाउन सफल भएनौ । हिजो परिवर्तनको नेतृत्व गरेका भन्ने अहिलेका केहि पैसावालहरुले तीजको भ्रष्टिकरण गर्दा आफैलाई उदेक लागेर आएको छ । तीजमा अनावश्यक हाउभाउ, भडकाव मात्र होईन पारीवारीक र सामुदायिक सभ्यता नाघ्रने अराजकताहरु देखा परेका छन । स्वतन्त्रताका नाममा बढेका ब्यक्तिगत अराजकताका पराकाष्ठाहरुले टीम र समुहमा समेत समस्या पैदा भएका छन ।

साडी र चोली लाउँदिन मत जवानी छेकिन्छ ।
छोटो छोटो कपडा लगाउँदा क्या सेक्सी देखिन्छ ।

यो भन्दा उरेन्ठेउला गीत बढेका छन अहिले । तीजका गीत भन्दै पुरुष नाचेको देख्दा महिलाहरुको महान चाड भनिँदै आएको तीज पर्व अब पुरुषहरुको लागि मनोरञ्जनको गजबको अवसर बन्दै गएको छ । तीजको बहानामा महिला दिदीबहिनीहरुको बीचमा हिरो भएर नाँच्न पाइने हुँदा पुरुषलाई पनि यो पर्व उत्सब नै बनेको छ । तीजको नाचगान आफ्ना संगीसँग, दिदीबहिनीसँग हुनु पर्ने हो तर आजकलका तीज गीत रत्यौली भन्दा उच्छृंखल छन । तीजका गीत भनेर निकालिएका यस्ता गीत र भिडियोले तीज पर्वको उपहास मात्र गरेको छैन, तीज पर्वको स्वत्व र संस्कृति माथि ठूलो प्रहार गरेको छ । यस्ता गीत र भिडियो हेर्दा यस्तो लाग्छ, हिजो विभिन्न बन्धनमा राखिएका महिलाहरु आज बिस्तारै स्वतन्त्र हुन पाउँदा बाँधेर राखेको साँढे फुत्किएको झैँ भएका छन् ।

छाडा गीत र नृत्यहरुको हाकाहाकी प्रतिस्पर्धाहरु भएका छन । स्वतन्त्रताका नाममा यौन उन्मत्ता ब्यक्त गर्न र छाडापनको सुसेली हाल्न अहिले तीज कुर्न पर्दैन । डे क्लव र नाईट क्लव मात्रै होईन, आण्टी र च्याण्टी क्लवहरु खोलेरै रमाईलो गर्न पाईएकै छ । त्यसैले अलिकति बुझेका मानिसहरुले तीजको गरीमा बचाउन तीजलाई तीजमात्रै हुन दिउ ।

अहिले समाजको सचेत समुह गंभिर बन्न जरुरी छ । तीजकै गीतको लयमा “हे बुढी तीज आयो टिभी खोल त, कलाकारले कस्ता गित गाए होला त ?, अहिलेका नयाँले त जस्ता पनि गाउने, परिवारसँग बसेर हेर्नै लाज लाउने ।” पशुपति शर्माले केहि बर्ष पहिले यो मर्म बोलेका थिए । हुन पनि उनले भने झैँ टेलिभिजनमा बजेका तीजका गीत परिवारसँगै बसेर हेर्न नसकिने खालका छन् । छाडा यस्ता गीतहरुले तीज संस्कृतिलाई विकृतितर्फ धकेलिरहेको छ ।

निश्चय पनि तीज पुरातन मात्र हुनुहुदैन । गीत, संगीतका लयहरु समाजका घटना बिशेषमा लक्षित हुने गर्दथे । घर परिवार र समाजका उत्पीडन गीत बनेर आउदथे । तर अहिेले बिकृति र बिसंगति चिर्न तिज चाहिएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका प्रश्न झन पेचिलो बनेका छन । महगी बढेको छ । बालिकाहरुलाई बलत्कार गर्ने यौनपिपासुको संख्या अहिले पनि बढेकै छ । गरीव मानिसको तीजलाई पीडाले पोलेको छ । नेपालमै उत्पादन हुनसक्ने दुध, दहि, तरकारी, फलफुल माछामासुमा खरबौको ब्यापारघाटा बढेकै छ ।
अनि तीजको दरखाने अघिल्लो दिन बाटाखर्च नभएर नानीहरु रुन परेकै छ ।

 

वि.सं.२०८१ भदौ २० बिहीवार ०७:५३ मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...