back
CTIZAN AD

एससीटीले ल्यायो तिर्की दाउ अफर

वि.सं.२०८१ भदौ २० बिहीवार

876 

shares

 

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी)ले “तिर्की दाउ : ट्रीअल अफर” सार्वजनिक गरेको छ । एससीटीले नेपालीहरुको महानपर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर “तिर्की दाउ : ट्रीअल अफर” सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओएसमार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म एससीटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससीटीसंग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससीटी–यूपीआई डेबिट कार्ड प्रयोग गरेमा रु १११ को क्यास ब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा रु ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सात वा सोभन्दा धेरै कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एक पटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।

साथै, भारतमा पनि नेपाली रुपैया“ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैया“ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०८१ भदौ २० बिहीवार १४:२८ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...