हामी भन्छौ–समाजवाद, संविधानमा लेखेर ।
कहिल्यैपनि आको छैन, वग्गि चढेर ।।
भूईंचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो ।
स्वाधिनता र समृद्धिका, सपना बरीलै ।।
कोभिड भन्ने भाइरसले, चेतावनी दिँदानी ।
मगन्ते–सँस्कृतिमा, धोका पाउंदानी ।।
अझै हाम्लाइ चेत खुलेन, माटो प्रेम जागेन ।
आयातमुखि अर्थतन्त्र, बढ्यो बरीलै ।।
फलफूल माछा मासु दुध दहि तरकारी ।
खरबौको ब्यापार घाटा डाटा सरकारी ।।
यो भूमिको सदुपयोग ब्यबशायिक बनाउन ।
अभियान नै बढाउन, पर्छ बरीलै ।।
पालिकाका सबैधुरी सहकारीमा जोडेर ।
नागरिकको सत्यतथ्य सर्वे गरेर ।।
सरकार र जनतामिली सहकारी बनाई ।
बाझो जमिन भाडामा खिचौं बरीलै ।।
जमिन पनि खनजोत हुने, भाडा पनि समाईने ।
पालैपालो रोजगारीको अवसर पाईने ।।
तीनसय मुरी फल्ने फाँटमा डब्बल धान फलाउन्दै ।
माछा मासु फलफुल बेचौं बरीलै ।।
सस्तो दाममा विदेशमा छन्, नेपालीका पाखुरा ।
साठीलाख नाघिसक्यो, गरौं के कुरा ? ।।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो ।
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।
एउटै बडा तल्लो टोलमा, आप र केरा फल्दछ ।
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई ।
गरीबिका दुश्चक्रलाई, खेदौ बरीलै ।।
पालिकाकै सहकारी खोलौ बरीलै ।।।
लेखक : पालिका कृषि सहकारी निर्माणका परिकल्पनाकार हुन् । )
वि.सं.२०८१ भदौ २१ शुक्रवार ०८:२६ मा प्रकाशित