back
CTIZAN AD

पालिकाकै सहकारी खोलौ बरीलै

वि.सं.२०८१ भदौ २१ शुक्रवार

5K 

shares

हामी भन्छौ–समाजवाद, संविधानमा लेखेर ।
कहिल्यैपनि आको छैन, वग्गि चढेर ।।
भूईंचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो ।
स्वाधिनता र समृद्धिका, सपना बरीलै ।।

कोभिड भन्ने भाइरसले, चेतावनी दिँदानी ।
मगन्ते–सँस्कृतिमा, धोका पाउंदानी ।।
अझै हाम्लाइ चेत खुलेन, माटो प्रेम जागेन ।
आयातमुखि अर्थतन्त्र, बढ्यो बरीलै ।।

फलफूल माछा मासु दुध दहि तरकारी ।
खरबौको ब्यापार घाटा डाटा सरकारी ।।
यो भूमिको सदुपयोग ब्यबशायिक बनाउन ।
अभियान नै बढाउन, पर्छ बरीलै ।।

पालिकाका सबैधुरी सहकारीमा जोडेर ।
नागरिकको सत्यतथ्य सर्वे गरेर ।।
सरकार र जनतामिली सहकारी बनाई ।
बाझो जमिन भाडामा खिचौं बरीलै ।।

जमिन पनि खनजोत हुने, भाडा पनि समाईने ।
पालैपालो रोजगारीको अवसर पाईने ।।
तीनसय मुरी फल्ने फाँटमा डब्बल धान फलाउन्दै ।
माछा मासु फलफुल बेचौं बरीलै ।।

सस्तो दाममा विदेशमा छन्, नेपालीका पाखुरा ।
साठीलाख नाघिसक्यो, गरौं के कुरा ? ।।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो ।
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।

एउटै बडा तल्लो टोलमा, आप र केरा फल्दछ ।
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई ।
गरीबिका दुश्चक्रलाई, खेदौ बरीलै ।।
पालिकाकै सहकारी खोलौ बरीलै ।।।

लेखक : पालिका कृषि सहकारी निर्माणका परिकल्पनाकार हुन् । )

 

वि.सं.२०८१ भदौ २१ शुक्रवार ०८:२६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

कविता : प्रेम

कविता : प्रेम

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं माया स्वार्थ विकार...

कविता : गुरुजन भजौँ प्रेमरसले

कविता : गुरुजन भजौँ प्रेमरसले

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर बनी आफू यन्त्रैसरह जहिल्यै खट्छ जसले...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...