back
CTIZAN AD

जुम्लाकोे हिमा गाउँपालिकालाई साक्षर घोषणा

वि.सं.२०८१ भदौ २१ शुक्रवार

687 

shares

जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाको कूल जनसङ्ख्या १२ हजार आठ सय चार छ । तीमध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९५ दशमलव ७२ प्रतिशत नागरिक साक्षर भएका जनाएको छ ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ , स्नातक गरेका एक सय ५५, प्रविणता प्रमाणपत्र तह उत्तीर्ण आठ सय जना छन् । उच्च माविसम्म अध्ययन गरेका एक हजार एक सय ९६, प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नौ सय ५० र माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका एक हजार छ सय ४८ जना छन् । बालविकासतर्फ सामान्य साक्षरको सङ्ख्या चार सय २२ जना रहेको छ ।
पालिकामा रहेका प्रौढ जनसङ्ख्या एक हजार छ सय ६० जना र विद्यालय उमेरका पाँच हजार तीन सय ७० जना साक्षर रहेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको भनाइ छ ।

हिमाले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त भएको छ । शिक्षा क्षेत्रलाई अझै विशेष प्राथमिकतामा राखेर काम गर्ने अतिआवश्यक रहेको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले जानकारी दिए ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । हिमाले हरेक वर्ष ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:४७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...