back

पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध, पहिरो पन्छाउने कार्य जारी

वि.सं.२०८१ भदौ २१ शुक्रवार

183 

shares
NTC AD

तुलसीपुर (दाङ) । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर-कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यानखण्ड अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षात्ले तुलसीपुर-कपुरकोट सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-३ राम्रीमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

गलेश्वर (म्याग्दी)- अविरल वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी-दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मङ्गला गाउँपालिका-२ र बेनी नगरपालिका-४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । त्यसैगरी फापर खेतको घुमाउने भिरमा पहिरो जाँदा पैदल हिँडेर सिमलचौर निस्कन प्रयोग गरिने मङ्गला-३ पखेरमा पनि पहिरो जाँदा स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिएका छन् ।

पहिरोले दुई घरमा क्षति पु¥याए पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन नपाएको थापामगरले जानकारी दिए । अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उनले जानकारी दिए । पानी पर्नेक्रम नरोकिएकाले अझै पनि पहिरो झरिरहेको उनले बताए ।

 

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ । “बेनी-दरबाङ सडक पाखो र भिरकाबीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, बेनी नगरपालिका-४ का वडाध्यक्ष भगवान् खड्काले बताए ।

मध्यविन्दु (नवलपरासी)- कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डको तीन ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका-३ स्थित जन्ती पहिरो, बुलिङटार गाउँपालिका-१ मते डाँडा र गैँडाकोट नगरपालिका-३ हिउँदे खोलमा लेदो माटोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उनले बताए । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ-गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

गोरखा – अविरल वर्षापछि गएको पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-१३ मझुवास्थित सात किलो भन्ने ठाउँमा पहिरो खसेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरो पन्छाउनका लागि ‘जेसिवी’ परिचालन भइसकेको उनले बताए । सोही सडकखण्डअन्तर्गत गोरखा-८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख ध्रुव घिमिरेले जानकारी दिए ।

“त्यसबाहेक ठाउँठाउँमा स-साना पहिरा गएका छन्”, उनले भने, “सल्यान धारा नजिकैको पहिरो एकतर्फी खुले पनि दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।” सडक अवरुद्ध हुँदा गोरखा सदरमुकामबाट सङ्घीय राजधानी काठमाडौँसहित पोखरा, चितवनलगायत स्थानबाट आउनेजाने सवारीसाधन रोकिएका छन् ।रासस

 

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:३८ मा प्रकाशित

ADBL AD
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर...

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

बरहथवा (सर्लाही) । जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...