back
CTIZAN AD

कविता : प्रभुका पदमा

वि.सं.२०८१ भदौ २२ शनिवार

1.3K 

shares

कल्पना भट्टराई, टोखा, काठमाडौं

तनमा मनमा शिव साथ धरूँ ,
जपले तपले शिव भक्ति गरूँ ।
शिव तत्त्व बुझे मन शान्त हुने ,
शिव हुन् सब ताप र पाप धुने ।१।

दिनरात परूँ शिवको शरण ,
नित पूज्न सकूँ शिवकै चरण ।
भय दूर हुने प्रभु चिन्तनले ,
जग तप्त छ यो भव बन्धनले ।२।

त्रिपुरारि उने मदनारि उनै ,
नटराज उनै र सुरेश उनै।
जगदीश उनै गणनाथ उनै ,
गिरिराज उनै भवनाथ उनै ।३।

महिमा छ अगा–ध सदा शिवको ,
शशिशेखर रम्य दिगम्बरको ।
न पुराण सके न त वेद सके ,
नबुझेर रहस्य सुरेन्द्र झुके ।४।

विषपान ग–र्यौ शुभ मङ्गल भो ,
प्रभुको महिमा छ अपार विभो !
छ निवास प्रभो हिम– आलयमा ,
शिर झुक्छ सदा प्रभुका पदमा ।५।

गणनाथ पिता ! शिवको जय होस् ,
मनुबंश सदैव निरामय होस्।
सुख–शान्ति मिलोस् शुभ होस् सदन ,
गिरिजापति शंकरमा नमन ।६।

छन्द : तोटक
गण :स स स स
गण सङ्केत : llS llS llS

वि.सं.२०८१ भदौ २२ शनिवार ०५:१६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...