back
CTIZAN AD

गैँडाको आक्रमणमा परी ज्यान गुमाएका चौधरीका परिवारलाई राहत

वि.सं.२०८१ भदौ २५ मंगलवार

813 

shares

गुलरिया (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

अमेरिकी पर्यटक शावन एमसीलाई जङ्गल लिएर गएका बेला संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–९ निवासी ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको पीडितसँग प्रदेश सरकार कार्यक्रमअन्तर्गत मृतकका बाबु तिदुराम चौधरीलाई डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीमार्फत लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले रु एक लाख राहत रकम हस्तान्तरण गरेका हुन् ।

मन्त्री कुर्मीले पर्या–पर्यटनका क्रममा अकस्मात वन्यजन्तुबाट भएको दुर्घटना दुःखद् भएको बताउँदै परिवारमा धैर्यधारणको कामना गरे । यस क्षेत्रमा मानव वन्यजन्तुबीच द्वन्द्व रहेकाले तीन तहकै सरकारको पहलमा काम गर्नुपर्ने बताए । मृतकका पीडित परिवारलाई बाँकी राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने पनि उनको प्रतिबद्धता छ ।

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले वडामा दुःखद् घटना घटेकाले मृतका पीडित बालबालिकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले मधुवन क्षेत्रमा वन्यजन्तुबाट बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेकाले दीर्घकालीन समस्या समाधानका लागि योजना बनाउन प्रदेश सरकारसँग अनुरोध गरेका छन् । दुई ठूला निकुञ्जलाई जोड्ने मधुवनमा अवस्थित खाता जैविकमार्गलगायत पत्थरबोझी र भगरैया क्षेत्रमा द्वन्द्वको चुनौती रहेको वडाध्यक्ष थापाले स्मरण गराए । रासस

वि.सं.२०८१ भदौ २५ मंगलवार ०७:३० मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...