back
CTIZAN AD

रुसलाई मिसाइल पठाएको इयुको दाबीबारे, इरानको  गम्भीर प्रतिक्रिया

वि.सं.२०८१ भदौ २५ मंगलवार

816 

shares

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले सोमबार आफ्ना साझेदारहरूबाट इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरूको आपूर्ति गरेको खुफिया जानकारी प्राप्त गरेको बताएको छ । उक्त दाबीलाई तेहरानले खारेज गरेको छ तर क्रेमलिनले स्पष्ट रूपमा अस्वीकार गरेको छैन ।

अमेरिकी मिडिया आउटलेटहरूले गत साता अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै इरानले युक्रेनको युद्धमैदानमा प्रयोगका लागि रुसलाई हतियारहरू हस्तान्तरण गरेको वासिङ्टनले विश्वास गरेको बताएका छन् ।

“हामी रुसलाई इरानी ब्यालेस्टिक मिसाइलहरूको डेलिभरीबारे सहयोगीहरूले प्रदान गरेको विश्वसनीय जानकारीसँग अवगत छौँ”, इयुका प्रवक्ता पिटर स्ट्यानोले भने, “हामी आफ्ना सदस्य मुलुकहरूसँग यसबारेमा विचार गरिरहेका छौँ र यदि यसको पुष्टि भयो भने यो डेलिभरीले युक्रेनविरुद्ध रुसको गैरकानूनी आक्रामक युद्धका लागि इरानको समर्थनमा महत्त्वपूर्ण सामग्री वृद्धिलाई प्रतिनिधित्व गर्नेछ ।”

स्ट्यानोले भने, “इयुका नेताहरूको सर्वसम्मतको स्थिति सधैँ स्पष्ट रहेको छ, इयुले इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण प्रतिबन्धात्मक उपायहरूसहित अन्तर्राष्ट्रिय साझेदारहरूसँग द्रुत रूपमा र समन्वयमा प्रतिक्रिया दिनेछ ।”

गम्भीर प्रतिक्रिया
इरानको विदेश मन्त्रालयले रुसलाई हतियार निर्यातमा आफ्नो भूमिका रहेको आरोपलाई ‘जोडदार’ रूपमा अस्वीकार गरेको छ ।

पश्चिमी मुलुकहरूले धेरै महिनादेखि रुसलाई मिसाइलहरू नपठाउन तेहरानलाई चेतावनी दिँदै आएका छन् र इयुले यसअघि नै युक्रेनको युद्धका लागि मस्कोलाई ड्रोनको आपूर्ति गरेकामा इरानमाथि बारम्बार प्रतिबन्ध लगाइसकेको छ ।

“हामी युद्धको एक पक्षलाई हतियार निर्यातमा इरानको भूमिकाको दाबीलाई जोडदार रूपमा अस्वीकार गर्दछौँ”, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा भने ।

इरानले मिसाइल पठाएको बारेमा वाल स्ट्रिट जर्नलको रिपोर्टबारे सोधिएको प्रश्नमा सोमबार क्रेमलिनले अस्वीकार गरेन ।

“हामीले सो रिपोर्ट हेरेका छौँ, यस्ता प्रकारका जानकारी सधैँ सही हुन्छ भन्ने हुँदैन”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “इरान हाम्रो महत्त्वपूर्ण साझेदार हो, हामी हाम्रो व्यापार र आर्थिक सम्बन्ध विकसित गर्दैछौँ, हामी सबैभन्दा संवेदनशील क्षेत्रसहित सबै सम्भावित क्षेत्रमा हाम्रो सहयोग र संवादलाई विकास गरिरहेका छौँ ।”

अमेरिकाले कुनै पनि डेलिभरीले ‘गम्भीर’ प्रतिक्रिया हुने र मुलुकमा सुधारवादी मसुद पेजेस्कियान राष्ट्रपतिमा निर्वाचित भएपछि पश्चिमसँग सम्बन्ध सुधार गर्ने तेहरानको प्रयासलाई हानि पुर्याउने बताएको छ ।

पश्चिमी प्रतिबन्धको सामना गर्दै मस्को युद्धमा आफ्नो युद्धलाई जारी राख्न हतियारको आपूर्तिका लागि इरान र उत्तर कोरियातिर फर्केको छ ।

युक्रेनले रुसले करिब दैनिक रूपमा इरानी डिजाइन गरिएको शाहिद ड्रोनले आक्रमण गरेको र आफ्नो क्षेत्रमा उत्तर कोरियाली मिसाइलका टुक्राहरू पाइएको बताएको छ । एएफपी

वि.सं.२०८१ भदौ २५ मंगलवार ०८:०७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...