back
CTIZAN AD

व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम  नहुने डब्लुटिओको भनाई

वि.सं.२०८१ भदौ २५ मंगलवार

741 

shares

जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । सङ्गठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।

विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटिओको सन् २०२४ को प्रतिवेदनमा सङ्गठनले सन् १९९५ मा आफ्नो स्थापनापछि अर्थतन्त्रहरूबीचको खाडललाई कम गर्न आफूले खेलेको भूमिकालाई हेरेको छ ।

“सम्भवतः प्रतिवेदनबाट सबैभन्दा ठूलो पाठ भनेको गरिबी कम गर्न र साझा समृद्धि बनाउन व्यापारको परिवर्तनकारी भूमिकाको पुनः पुष्टि हो”, डब्लुटिओका महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले प्रतिवेदनको प्रस्तावनामा भने, “यो निष्कर्ष व्यापार र डब्लुटिओ जस्ता संस्थाहरू गरिबी वा गरिब मुलुकका लागि राम्रा छैनन् र यिनीहरूले अझ असमान संसारको निर्माण गरिरहेका छन् भन्ने वर्तमानमा प्रचलित धारणा विपरीत छ ।”
“तर अर्को सबैभन्दा ठूलो पाठ भनेको व्यापार र डब्लुटिओलाई विश्वव्यापीकरणको पछिल्लो ३० वर्षमा पछि परेका अर्थतन्त्र र मानिसहरूका लागि हामी अझ धेरै राम्रोसँग काम गर्न सक्छौँ भन्ने हो”, उनले भने ।

न्यून र मध्यम आय भएका अर्थतन्त्रहरू अन्तर्राष्ट्रिय व्यापारमा कम संलग्न हुने, थोरै प्रत्यक्ष विदेशी लगानी प्राप्त गर्ने र वस्तुहरूमा अधिक निर्भर रहने प्रतिवेदनले देखाएको छ । उनीहरूले कम ‘जटिल उत्पादनहरू’ निर्यात गर्ने र ‘कम सहभागिताका साथ व्यापार गर्ने’ डब्लुटिओले बताएको छ ।

ओकोन्जा–इवेलाले भने, “संरक्षणवाद समावेशिताका लागि प्रभावकारी मार्ग होइन भन्ने प्रतिवेदनले देखाउँछ ।” उनले संरक्षणवादले उत्पादन लागत बढाउन सक्ने र ‘असन्तुष्ट व्यापारिक साझेदारहरूबाट महँगो प्रतिशोध’ लाई आह्वान गर्न सक्ने चेतावनी दिए ।

“कम व्यापारले समावेशितालाई बढावा दिँदैन, न त एक्लै व्यापारबाट सहयोग प्राप्त हुनेछ”, डब्लुटिओका प्रमुख अर्थशास्त्री राल्फ ओसाले भने, “साँचो समावेशिताले व्यापक रणनीति माग गर्दछ जसले सहायक घरेलु नीति र बलियो अन्तर्राष्ट्रिय सहयोगका साथ खुला व्यापारलाई एकीकृत गर्दछ ।”

प्रतिवेदनले व्यापारलाई थप समावेशी बनाउन आवश्यक पर्ने घरेलु नीतिमा व्यावसायिक प्रशिक्षण, बेरोजगारी लाभ र ‘अधिक दक्ष र मोबाइल कार्यशक्तिका लागि शिक्षा’ समावेश गरेको छ ।

प्रतिवेदनले ‘उपभोक्ताहरूलाई कम मूल्य, विश्वसनीय पूर्वाधार र राम्रोसँग काम गर्ने वित्तीय बजारहरूबाट लाभ सुनिश्चित गर्न प्रतिस्पर्धा नीति’ लाई आह्वान गरेको छ । एएफपी

वि.सं.२०८१ भदौ २५ मंगलवार ०८:१७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...