back
CTIZAN AD

उपसभामुख रानालाई महाअभियोग लगाउने काँग्रेस-एमालेको तयारी

वि.सं.२०८१ भदौ २५ मंगलवार

954 

shares

काठमाडौँ । सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी भएको छ । सत्तारुढ दलले उनलाई आचरण विपरीत कार्य गरेको भन्दै पदबाट हटाउने प्रस्ताव लैजाने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन दलको बैठकमा रानाले आचरण विपरीतको काम गरेको भन्दै हटाउनुपर्ने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए । ‘उहाँलाई आचरण विपरीतको काम गरेको भनेर प्रस्ताव ल्याउने कुरा भएको छ ।’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित राना पछिल्लो समय अमेरिकी भिसाका लागि अनधिकृत व्यक्तिलाई सिफारिस गरेको भन्दै विवादमा परेकी थिइन् । यसैलाई आधार बनाएर आचरण विपरीतको प्रस्ताव ल्याउन लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा संवैधानिक परिषद्लाई सत्ता गठबन्धन अनुकूल बनाउन रानालाई हटाउनुपर्ने बैठकमा बताएका थिए । प्रस्तावका लागि नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकलाई भनिएको छ ।

वि.सं.२०८१ भदौ २५ मंगलवार १३:२९ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...