back
CTIZAN AD

ब्रिटिस कलेज र ई–वर्कस्बीच साझेदारीको घोषणा

वि.सं.२०८१ भदौ २६ बुधवार

723 

shares

काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आइटी कम्पनी ई–वर्कस्सँग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्व विद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उद्देश्यको साथ ब्रिटिस कलेजले महत्त्वपूर्ण साझेदारी गरेको हो ।

ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ । नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो । बेलायतको लण्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा बिस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीहरूलाई ग्लोबल एक्सपोजर दिनको लागि साझेदारीको घोषणा गरेको हो ।

ई–वर्कस्को कूल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरु हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका हुन् । ई–वर्कस्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरु कस्तो छन् भन्ने प्रमाणित भएको छ । साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस्मा इन्टर्नशिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पुरा गर्न मदत पुर्‍याउने कलेजको विश्वास छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न मात्र नभई विद्यार्थीहरुको भविष्य उज्वल बनाउनको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भन्नुभयो, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढवा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू हामीले सञ्चालन गरिरहेका छौँ ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भन्नुभयो, ‘ब्रिटिस कलेजका ग्राजुयटहरुसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आइटी क्षेत्रका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीहरूले राख्ने धारणा बुझ्न उत्साहित छौँ ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरूसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरूले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरू प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरूले इन्टर्नशिप सुरु गरिसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढवा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्‍याउने ब्रिटिस कलेजको विश्वास छ ।

वि.सं.२०८१ भदौ २६ बुधवार १२:५८ मा प्रकाशित

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार...