back
CTIZAN AD

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २६ बुधवार

4.9K 

shares

काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत भदौ २१ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ थियो ।

महासंघका अनुसार बुधवार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा रहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ५१ ५रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५२६ रुपैया कायम भएको छ ।

वि.सं.२०८१ भदौ २६ बुधवार १३:०१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...