back
CTIZAN AD

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

वि.सं.२०८१ भदौ ३१ सोमवार

762 

shares

काठमाडौँ । सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनीहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिए ।

राष्ट्रियसभाको चालु सोह्राँै अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्वपूर्ण निर्णय, महत्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताए । विभिन्न विषयका सङ्कल्प प्रस्ताप पारित भएका उल्लेख गर्दै उनले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यन्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिए । “सुसासन, पुँजीगत खर्च बढाउन, उत्पादन वृद्धि गरेर रोजगारी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्छ,” उनले भने ।

सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताए । “अर्थ मन्त्रीले प्रस्तुत गुर्नुभएको बजेटका बुँदा संशोधन हुनु राष्ट्रियसभाको मुख्य उपलब्धि रह्यो,” उनले भने, “यो अधिवेशनमा भूकम्पपीडितको कुरा उठाएका थियाँै, चिसो अगावै अस्थायी पुनःनिर्माणको काम गरेर नयाँ घरमा बस्न पाउने छन् भन्ने विश्वास छ ।”

सांसद बेदुराम भुसालले दसँै तिहार जस्ता पर्वहरुमा मूल्य वृद्धि नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए । “चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्छ,” उनले भने ।

सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपन माग गरे ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १६:३४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...