back
CTIZAN AD

लक्ष्य अनुसार उठ्दैन कर

वि.सं.२०८१ भदौ ३१ सोमवार

708 

shares

बलेवा (बागलुङ) । हरेक कार्यालय, सङ्घसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगति पनि हुनुपर्छ । तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर सङ्कलन भने उल्लेख्य रुपमा बढेको छ ।

हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर सङ्कलन भएको छ । केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ म रु एक अर्ब २० करोड कर सङ्कलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर सङ्कलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए ।

साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले सङ्कलन घटेको छ । साउनमा रु एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा रु ९१ लाख रु ३५ हजार मात्रै सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताए । आव २०७९÷८० मा कार्यालयले रु एक अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गर्ने लक्ष बनाएकामा रु ९५ करोड ३१ लाख मात्रै सङ्कलन गर्न सकेको थियो । लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ सङ्कलन हुने लाखौँ रकम सरेको हो ।

त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ । “सहकारीको कारोबार घट्दा कर सङ्कलन पनि घटेको छ”, प्रमुख श्रीवास्तवले भने । गत आर्थिक वर्ष कार्यालयले रु ६० करोड ६९ लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेकामा रु ५१ करोड ४९ लाख सङ्कलन भएको छ । त्यस्तै भ्याटतर्फ रु ३३ करोड ४७ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २७ करोड ५० लाख मात्रै सङ्कलन भएको छ । अन्तशुल्कतर्फ रु पाँच करोड चार लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार करोड २० लाख मात्रै सङ्कलन भएको छ ।

सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर सङ्कलन हुन सकेको छैन । त्यस बाहेक असार मसान्तसम्ममा कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर सङ्कलनमा ढीलाइ भएको हो ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १६:२१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...