back
CTIZAN AD

विश्वका वैज्ञानिकहरूका लागि चीनमा १२ आणविक अनुसन्धान केन्द्र खोलिने

वि.सं.२०८१ असोज २ बुधवार

675 

shares

भियना । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।

यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सिएइए) का उपाध्यक्ष लिउ जिङले जानकारी दिए ।

चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले एक कार्यक्रममा कम्पनीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने लक्ष्य राखेको बताए । उनले चीनको आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आइएइएका उपमहानिर्देशक मिखाइल चुडाकोभले आणविक ऊर्जा विकासमा चीनको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।

चीनको आणविक अनुसन्धान र विकास केन्द्रहरू थप खोल्ने निर्णयको स्वागत गर्दै चुडाकोभले यस कदमले सदस्य राष्ट्रहरूलाई सहयोग गर्ने एजेन्सीको प्राविधिक क्षमतालाई अझ बलियो बनाउने बताए ।

संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि चीनका स्थायी प्रतिनिधि ली सोङले भियनामा आयोजित स्वागत समारोहमा चीन र आइएइएले विगत ४० वर्षदेखि आणविक ऊर्जाको विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्दै व्यावहारिक सहयोग विस्तार गरेको बताए ।

चीनले अन्तर्राष्ट्रिय सुरक्षामा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न, विश्वव्यापी अप्रसार प्रणालीको रक्षा गर्न र ग्लोबल साउटको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न र यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने उनले बताए ।सिन्ह्वा

 

वि.सं.२०८१ असोज २ बुधवार ०९:२८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...