back
CTIZAN AD

केन्द्रद्वारा चार करोड २५ लाख भुरा उत्पादन

वि.सं.२०८१ असोज २ बुधवार

690 

shares

बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो ।

मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ ।

उत्पादित भुराको बिक्रीबाट रु ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिए । यसअघि सो कार्यालयले आव २०७९/८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।

विगतमा तीन करोडदेखि तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोेखरीको मर्मतसम्भारलगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९/८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताए । थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको प्रमुख यादवले बताए ।

कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।

न्यानो पानीमा फस्टाउने सरकारी स्तरवाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ ।

एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरु गरिएको छभने भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरिएको प्रमुख यादवले बताए।

यसैगरी घट्टेखोलाको पानी सङ्कलन गर्ने चेम्बर मर्मत तथा नाला निर्माण, ह्याचारीमा पानी व्यवस्थापनका लागि पाइप लाइन मर्मत तथा सुदृढीकरण, ह्याचरी रङरोगन तथा सुदृढीकरणलगायत कार्य गरिएको छ ।

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाका नमूना तथा ‘लाइभफिस म्युजियम’को स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।

उक्त कार्यालयले जलीय विविधता एवं प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

वि.सं.२०८१ असोज २ बुधवार १३:१३ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...