देवचुली । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले विषादीलाई अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले अभियानलाई एक चरण वडातहगत रुपमै लैजाने बताए ।
कृषिबालीमा विषादीको समुचित प्रयोग सम्वन्धि सचेतनामूलक कार्यक्रममा प्रस्तुति राखेका कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जैविक विषादीको प्रयोगतर्फ प्रेरित हुन आग्रह गरेका छन् ।
देवचुलीको नगर स्तरीय सचेतनामूलक कार्यक्रममा जनप्रतिनिधि, कृषि शाखाका कर्मचारी, पृथ्वी मावि कृषितर्फका विद्यार्थी र कृषकको प्रतिनिधिमूलक उपस्थिति थियो ।
पछिल्लो समय कृषि बालीमा अन्धाधुन्द प्रयोग भईरहेको विषादीका कारण कृषक र उपभोक्ता दुवै पक्षको स्वास्थ्य जोखिम बढेको तथ्य र चर्चापछि कृषि ज्ञान केन्द्र नवलपुरले सचेतनालाई प्राथमिकतामा राखेको छ ।
सचेतनामूलक अभिमुखीकरणलगत्तै कृषि ज्ञान केन्द्र नवलपुर र कृषि शाखा देवचुलीका कर्मचारीले सचेतनामूलक स्टेज नाटक प्रस्तुत गरेका थिए ।
वि.सं.२०८१ असोज ७ सोमवार १०:४३ मा प्रकाशित































