back
CTIZAN AD

प्रभावकारी बन्दै सिस्नेमा ‘छोरी बचत खाता’ कार्यक्रम

वि.सं.२०८१ असोज ७ सोमवार

657 

shares

रुकुमपूर्व । सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०÷८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम सुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता खोलिएको छ । गाउँपालिकाले २०७७ साल साउनदेखि जन्मिएका छोरीको खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खातामा रकम जम्मा गर्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिए ।

छोरी बचत खाताका लागि चारपटक गर्भजाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उनकोे भनाइ छ । सबै प्रक्रिया पूरा भएपछि एक जना संरक्षक लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ ।

बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन छोरी बचत कार्यक्रमकी स्वास्थ्य संयोजक पुष्पा ओलीले बताए । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने उहाँको भनाइ छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउनेगरी गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।

 

वि.सं.२०८१ असोज ७ सोमवार १०:५१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...