back
CTIZAN AD

चीनमा पहिलो उच्च भोल्टेज एसी/डिसी हाइब्रिड पावर ग्रिड परियोजना सुरु

वि.सं.२०८१ असोज १० बिहीवार

930 

shares
नान्जिङ । चीनले बुधबार जियाङ्सु प्रान्तमा आफ्नो पहिलो उच्च भोल्टेज अल्टरनेटिङ्ग करेन्ट (एसी) र डाइरेक्ट करेन्ट (डिसी) हाइब्रिड पावर ग्रिड परियोजनाको निर्माण सुरु गरेको छ ।
यस परियोजनाले ह्वाईआन र दान्याङका दुई शहरहरूलाई जोड्नेछ । लगभग २२८ किलोमिटर डिसी प्रसारण लाइनहरू अवस्थित पावर ग्रिडमा थप्नेछ । यसको दुवै छेउमा दुई प्लस–माईनस दुई सय केभी कन्भर्टर स्टेशनहरू निर्माण गरिने छ ।
सन् २०२६ मा सम्पन्न भएपछि उक्त आयोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
चीनको वर्तमान मुख्य पावर ग्रिड मुख्यतया एसी पावर ग्रिडहरू मिलेर बनेको छ । यद्यपि, एसी ट्रान्समिशनको तुलनामा समान भोल्टेज स्तरमा डीसी प्रसारणले ठूलो मात्रामा पावर पठाउन सक्छ ।
एक पटक सञ्चालनमा आएपछि उक्त परियोजनाले जियाङ्सुमा उत्तर–देखि–दक्षिण पावर ट्रान्समिशनको दबाबलाई उल्लेखनीय रूपमा कम गर्नेछ । यस परियोजनाले हाइब्रिड ग्रिड प्रविधिहरूको प्रयोगलाई थप विस्तार गर्ने र स्वच्छ, कम कार्बन, सुरक्षित र कुशल ऊर्जा प्रणालीको विकास गर्न मद्दत गर्नेछ ।
चीनले भर्खरै हाइब्रिड एसी /डीसी पावर ग्रिडहरू सहित प्रमुख ऊर्जा क्षेत्रहरूमा उन्नत प्रविधिहरू प्रवर्द्धन गर्ने योजना जारी गरेको छ । सिन्ह्वा

वि.सं.२०८१ असोज १० बिहीवार ०८:४३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...