back
CTIZAN AD

ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान

वि.सं.२०८१ असोज १० बिहीवार

828 

shares

 

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा रहेको उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो ।

विशेष गरी ग्रामिण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त अस्पतालमा प्रदान गरेको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत नेत्रावती डबजोङ अस्पताल सहित हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको जनाएको छ ।

बैंकका अनुसार बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा यस अघि प्रदान गरेका ४६ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब एक हजार छ सय ८० भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई उनीहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।

साथै हालसम्मको योगदानले करिब आठ हजार पाँच सय भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ ।

बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

वि.सं.२०८१ असोज १० बिहीवार १३:०८ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...