back
CTIZAN AD

सुसेली : पितृपक्ष

वि.सं.२०८१ असोज १२ शनिवार

975 

shares

रामप्रसाद अधिकारी
गोरखा, हाल- काठमाडौं

१.
गरौं नमन
पितृजती सबैमा
श्रद्धासुमन ।

२.
सहि कर्मले
पितृ पुज्नु भन्दछ
हाम्रो धर्मले ।

३.
पुत्रको धर्म
श्रद्वाभक्ती पितृमा
असल कर्म ।

४.
बुझौं हिन्दूत्व
महालय श्राद्वको
ठूलो महत्व ।

५.
श्रद्धा भक्तिले
पितृपुज्नु पर्दछ
यथा शक्तिले ।

६.
फल कर्मको
आशीर्वाद मिल्नेछ
पितृ धर्मको ।

७.
पितृको भार
तिर्नु पर्छ पुत्रले
गरि उद्दार ।

८.
फालेर भ्रान्ती
पितृपुजौँ सबैले
मिल्नेछ शान्ति ।

९.
श्रद्धा अर्पण
पितृलाई सम्झेर
दिनु तर्पण ।

१०.
पु¥याए विधि
पितृ सबै तर्नेछन्
बैतर्णी नदि ।

 

 

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...