back
CTIZAN AD

कविता : इतिहास लेख्ने धोको

वि.सं.२०८१ असोज १२ शनिवार

1.6K 

shares

सुशील रिजाल, किर्तिपुर, काठमाडौं

धोको छ यौटा इतिहास लेख्ने
प्राणी म ज्याद्रो भवमा नथाक्ने
आफ्नाहरूमा छलछाम गर्दै
उक्लिन्छु एक्लै अभियान रच्दै ।

राम्रो म आफैँ बदमास होस् तँ
मेरो कुरामा अवरोध छस् तँ
राम्रो कुरामात्र म गर्छु बुझ् तँ
संसार सारा म सुधार्छु बुझ् तँ ।

दोषी यहाँ छन् पदमार्ग रोक्ने
राम्रो छु भन्दै हररात खोक्ने
आफन्त आफ्नै बदमास ठान्छु
मौका मिलोस् झन् रणमा लगार्छु ।

मर्दै नमर्ने परिधान मेरो
च्यातिन्न तानी बलियो छ घेरो
स्वार्थी नभन्लास् जति नै छलूँ म
हार्ने कुरै हुन्न र के गलूँ म ।

देख्लास् तँ लाछी जब मिल्छ मौका
मौका मिलेमा अनि हान्छु चौका
जित्ने म नै हो छलछाम गर्दै
भर्दै छु धोक्रो करकाप गर्दै ।

धोक्रो छ रित्तो धनले नभर्ने
तृष्णा छ उस्तै सजिलै नमर्ने
दुष्कर्म मेरा जगले नदेख्ने
साँच्चै छ धोको इतिहास लेख्ने ।

छन्द : इन्द्रबज्रा
गण : त त ज गु गु
गण सङ्केत :SSl  SSl  lSl  S  S

वि.सं.२०८१ असोज १२ शनिवार ०५:५० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...