back

कविता : इतिहास लेख्ने धोको

वि.सं.२०८१ असोज १२ शनिवार

573 

shares
NTC AD

सुशील रिजाल, किर्तिपुर, काठमाडौं

धोको छ यौटा इतिहास लेख्ने
प्राणी म ज्याद्रो भवमा नथाक्ने
आफ्नाहरूमा छलछाम गर्दै
उक्लिन्छु एक्लै अभियान रच्दै ।

राम्रो म आफैँ बदमास होस् तँ
मेरो कुरामा अवरोध छस् तँ
राम्रो कुरामात्र म गर्छु बुझ् तँ
संसार सारा म सुधार्छु बुझ् तँ ।

दोषी यहाँ छन् पदमार्ग रोक्ने
राम्रो छु भन्दै हररात खोक्ने
आफन्त आफ्नै बदमास ठान्छु
मौका मिलोस् झन् रणमा लगार्छु ।

मर्दै नमर्ने परिधान मेरो
च्यातिन्न तानी बलियो छ घेरो
स्वार्थी नभन्लास् जति नै छलूँ म
हार्ने कुरै हुन्न र के गलूँ म ।

देख्लास् तँ लाछी जब मिल्छ मौका
मौका मिलेमा अनि हान्छु चौका
जित्ने म नै हो छलछाम गर्दै
भर्दै छु धोक्रो करकाप गर्दै ।

धोक्रो छ रित्तो धनले नभर्ने
तृष्णा छ उस्तै सजिलै नमर्ने
दुष्कर्म मेरा जगले नदेख्ने
साँच्चै छ धोको इतिहास लेख्ने ।

छन्द : इन्द्रबज्रा
गण : त त ज गु गु
गण सङ्केत :SSl  SSl  lSl  S  S

वि.सं.२०८१ असोज १२ शनिवार ०५:५० मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...

गजल

गजल

स्वर्ण शिखा, दाङ यहाँ काम वास्तवमा कुराले सबै गर्छन् कसैले...