back
CTIZAN AD

कविता : शरद्

वि.सं.२०८१ असोज १२ शनिवार

1.2K 

shares

कलानिधि दाहाल, काठमाडौं

बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ
अर्को क्वै धनको छ शैशव सँगै आफै पुगी खेल्दछ !
जे छन् बाँड्न तयार छन् बिच दुई छैनन् रवाफी पल
यस्तै शासक क्वै पुगे शिखरमा जम्मै हुने झल्मल ।१।

सम्धी छैन सजाउने न त कतै साला र साली सुख
कुर्सी खोज्न हतार लामहरुका भै जामका सम्मुख !
छैनन् भ्रष्ट न रोग छन् रिमुटका खोज्ने भिसाका हुल
यस्तो शासक क्वै पुगे शिखरमा को बन्छ काकाकुल ?२?

पङ्खा शीतल यो सफा समिरको छाई छहारी छत
छम्छम् खेल्न तयार छन् शिशु सबै मुस्कानले लत्पत !
आमाबाबु नियाल्न दूर तटमा हेर्छन् खुशीका पल
यस्तै शासक क्वै पुगे शिखरमा हुन्थ्यो धरा झल्मल ।३।

चौरी चम्मर हल्लिदै हिम हटी हेर्दै झरेको तल
पग्ली हैमछटा जटा जगतका सिञ्ची रहेको जल !
धर्ती रुग्ण भिजी पियार पिपिरा उम्री भई हल्हल
यस्तो शासक क्वै पुगे शिखरमा को गर्दथ्यो हल्चल ?४?

नाशी नाश विनाश सभ्य तरका क्या ओर्लिइन् शारदी
झुप्रा,खोँच हुँदै उचा महलमा उस्तै उनै शारदी !
साझा सौम्य छटा सुशान्त सयली बस्ने सबैका मन
यस्तै शासक क्वै पुगे शिखरमा हुन्थे हँसपला पन ।५।

बच्चादेखि बुढा किशोर वयका जम्मै खुशी गद्गद
छैनन् सामु कतै कुनै अधमरा सामु हुने आपद !
जम्मैमा सम भाव पस्कन सफा छिन् शारदा सुन्दरी
यस्तै आसनमा भए शिखर क्वै बन्थ्यो नि अल्कापुरी ।६।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केतः SSS llS lSl llS SSl SSl S

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...