back
CTIZAN AD

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

वि.सं.२०८१ असोज १२ शनिवार

1.1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

त्रित्रापंखीले जब
शारदीय नीलो आकाश
बिहानै सजाउन लाग्छ
अनि यतै पूर्वबाट
लालीकिरणले
पहिलो स्पर्श गर्छ
घरि हराउँदै
घरि निस्किन्दै
क्रमिकरूपले पश्चिमका
डाँडाको चुलीमा रमाउन थाल्छ
यतै छर्नलाग्छ आफ्नो
जादूमयी सौन्दर्यशास्त्र
उत्तर हिमालका सेता मोती
घरि रजतमा बदल्छ
घरि सुनमा बदल्छ
उच्च लेकाली नागी पाटनलाई
एकैछिन कुइरोले छाडिदिन्छ
पाटनभरि पोखिन्छन् सुनौला किरण
यतै फुलिरहेका हुन्छन् पाटनभरि
रंगीचंगी ब्रम्हकमल केन्जो जटामसी
र नानाथरी सौन्दर्यका फूलहरू
यतै बीचबीच पाटनमा
साना ठूला पोखरीहरू
एकैछिन रूप बदल्छन्
किरण स्नान गर्छन्
यिनै किरण र त्रित्रापंखीहरू
आफूभित्र कैद गर्छन् र
एउटा अलौकिक शोभा भर्छन्
यो स्वर्णिम समयको
अलौकिक दृश्यमा कति
सज्जन पागल बन्छन्
कति पागल सज्जन बन्छन्
शैलानी यतै हराउँछन्
यायावर यतै रोकिन्छन्
कविहरू साहित्य भर्छन्
गीतकारहरू स्वर राग छर्छन्
संगीतकारहरू संगीत राग छर्छन्
कस्तुरीहरू निर्भय हुँदै नाच्छन्
डाँफेहरू उडान भर्छन्
नाउर झारल मृगहरू दौडन्छन्
बतासहरू हुइँकन्छन्
क्रमशः सबै विलुप्त हुँदैजान्छन्
तेसपछि सन्ध्या जगाउदै
झ्याउँकीरीले स्तुतिगान गर्छन्
जुनकीरीहरू रोशनी छर्छन्
जूनले वातावरणमा मादकता भर्छ
अनि पुनःभोलिको अर्को बिहानीमा
त्रित्रापंखीहरू छरपस्ट छरिन थाल्छन्
एवं रीतले क्रमशः क्रमशः क्रमशः ।

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...