back

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

वि.सं.२०८१ असोज १२ शनिवार

339 

shares
NTC AD

मचिन्द्र खत्री, धरान, सुनसरी

त्रित्रापंखीले जब
शारदीय नीलो आकाश
बिहानै सजाउन लाग्छ
अनि यतै पूर्वबाट
लालीकिरणले
पहिलो स्पर्श गर्छ
घरि हराउँदै
घरि निस्किन्दै
क्रमिकरूपले पश्चिमका
डाँडाको चुलीमा रमाउन थाल्छ
यतै छर्नलाग्छ आफ्नो
जादूमयी सौन्दर्यशास्त्र
उत्तर हिमालका सेता मोती
घरि रजतमा बदल्छ
घरि सुनमा बदल्छ
उच्च लेकाली नागी पाटनलाई
एकैछिन कुइरोले छाडिदिन्छ
पाटनभरि पोखिन्छन् सुनौला किरण
यतै फुलिरहेका हुन्छन् पाटनभरि
रंगीचंगी ब्रम्हकमल केन्जो जटामसी
र नानाथरी सौन्दर्यका फूलहरू
यतै बीचबीच पाटनमा
साना ठूला पोखरीहरू
एकैछिन रूप बदल्छन्
किरण स्नान गर्छन्
यिनै किरण र त्रित्रापंखीहरू
आफूभित्र कैद गर्छन् र
एउटा अलौकिक शोभा भर्छन्
यो स्वर्णिम समयको
अलौकिक दृश्यमा कति
सज्जन पागल बन्छन्
कति पागल सज्जन बन्छन्
शैलानी यतै हराउँछन्
यायावर यतै रोकिन्छन्
कविहरू साहित्य भर्छन्
गीतकारहरू स्वर राग छर्छन्
संगीतकारहरू संगीत राग छर्छन्
कस्तुरीहरू निर्भय हुँदै नाच्छन्
डाँफेहरू उडान भर्छन्
नाउर झारल मृगहरू दौडन्छन्
बतासहरू हुइँकन्छन्
क्रमशः सबै विलुप्त हुँदैजान्छन्
तेसपछि सन्ध्या जगाउदै
झ्याउँकीरीले स्तुतिगान गर्छन्
जुनकीरीहरू रोशनी छर्छन्
जूनले वातावरणमा मादकता भर्छ
अनि पुनःभोलिको अर्को बिहानीमा
त्रित्रापंखीहरू छरपस्ट छरिन थाल्छन्
एवं रीतले क्रमशः क्रमशः क्रमशः ।

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४७ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...

गजल

गजल

स्वर्ण शिखा, दाङ यहाँ काम वास्तवमा कुराले सबै गर्छन् कसैले...