back
CTIZAN AD

कविता : जिज्ञासा

वि.सं.२०८१ असोज १२ शनिवार

1.1K 

shares

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा

हर्न निषेधित क्षेत्र
भयंकर कोलाहलमा
डुबेको छ
वैभवशाली शान्त सहर
अराजकता र अशान्तिको
अर्थी बोक्न
विवश छ, लाचार छ
दसकौं अघि रोपिएका
फूलबारीका सुन्दर फूलहरु
फिटिक्क
फक्रन सकेका छैनन्
बगैंचाहरु उजाड उजाड छन्।

प्रतिभा पलायनको तीब्रता
आश्चर्यजनक रुपमा चुलिएको छ
बुढा गोरुहरुले
सदनमा बहरहरु दाइरहेको दृश्य
टीठलाग्दो देखिन्छ
आपासी गाली गलौजको
दूषित प्रदूषणले
सडकमा हिंडिसक्नु छैन ।

मैले एक बटुवालाई सोधेँ
यो प्रदूषित दुर्गन्ध
कहाँबाट फैलिरहेको छ हँ ?
ऊ !! त्यो भव्य भवनको
गुप्त खोपीबाट
उसको स्पष्ट इसारा
सिंहदरवार परिसर तिर थिया े।

मलाई लज्जाबोध भयो
त्यो त मेरो देशको
गरिमा,गर्व र शान हो
बटुवाले ओठ लेप्र्याउँदै भने
त्यो त मलाई थाहा भएन
मैले बारम्बार
हूलका हूल स्याल र
सिद्धान्तका ठेली जलाएको
खरानी घसेका
चतुर व्वाँसाहरुको झुण्ड
ठेलमठेल गर्दै कुस्ती खेल्न
त्यही सेतो भवनभित्र
छिरेको देखेको थिएँ ।

के ती साँच्चिकै
बाघको थोत्रो छाला ओढेका
ध्रूत
स्याल र व्वाँसाहरु नै थिए त ?
मेरो प्रश्नको जवाफ नदिएरै
बटुवा
निकै पर पुगिसकेका थिए
मेरो मनको तीब्र जिज्ञासा अधुरै रह्यो ?

 

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...