back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज १२ शनिवार

1.1K 

shares

स्वर्ण शिखा, दाङ

यहाँ काम वास्तवमा कुराले सबै गर्छन्
कसैले नसोच्नू पाखुराले सबै गर्छन्

छ गर्ने रहर जे त्यो म जिउँदै हुँदा गर्नू
मरेपछि त बाँकी दाउराले सबै गर्छन्

कलमको सहारामा हुँदै पाप छन् धेरै
नठान्नू कपट केवल छुराले सबै गर्छन्

नमान्ने भए धर्ती उचाल्ने कोसिस गर्नू
गलत हो यहाँ सोच्नू सुराले सबै गर्छन्

नयनले जे जे गर्छन इसाराहरू दिनभर
तिनै बेलुकी उनका चुराले सबै गर्छन्

बहर : तबिल
अर्कान : फऊलुन मुफाईलुन फऊलुन मुफाईलुन
वजन :१२२ १२२२ १२२ १२२२

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...