back
CTIZAN AD

कविता : जवानी दान

वि.सं.२०८१ असोज १२ शनिवार

690 

shares

प्रज्वल पुकार, पाख्रीबास, धनकुटा

उसले आफ्नै एक लोटी आँसु थापेर
छातीको वेदना चढाउन मन्दिर गई
खोसेर ढलमा बगाईदिए

आफ्नै स्तनहरु लुछेर
एक गिलास दूध भेला गरी
र आमाको अपमान चढाउछु भनि
खोसेर पोखिदिए
अरुले टेक्दै टेक्दै हिडे

निधार चिरेर सेतो कपडा पुरै रगतले भिजाई
र मेरो भाग्य यही चढाउछु भनि
नछुने भएकी आईमाई भन्दै
गेटबाटै लखेटी दिए

रोगी बृद्ध लोग्ने लिएर गई
र मेरो बाँकी सौभाग्य यही चढाउछु भनि
बृद्धाश्रम लैजा भनेर परैबाट खेदिदिए

ऊ आफ्नै सानो बालक छोरो लिएर गई
र मेरो बाँकी सपना यही चढाउछु भनि
अनाथालय लैजा भनेर गाली गरे

अन्त्यमा आफ्नै तरुनी छोरी लिएर गई
र मेरो बाँकी पिर यही चढाउछु भनि
सबैले धन्यवाद दिदै भित्र लगे

सुन्नोस् न पुजारी बा
इश्वरले दलितको केही दान नलिए पनि
तरुनी छोरीको जवानी त स्वीकार्दा रहेछन् नि ।

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...