back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज १२ शनिवार

1.2K 

shares

भूपाल अधिकारी, बिराटनगर

व्यर्थ बस्छौ तिमी मूर्च्छनामा
दीप तिम्रो बलोस् चेतनामा

लाग्छ मान्छेहरू मूर्ति बन्छन्
मौन बस्छन् सधैँ वेदनामा

जो रहरका नदीभित्र पस्छन्
पौडिँदै छन् तिनै कल्पनामा

धुन्धुकारीहरूले सदा नै
सत्य भुल्छन् डुबी वासनामा

बेसरी आउँदा याद तिम्रो
खुद म मुर्दा भएँ सम्झनामा

बहर : मुतदारिक मुसम्मन महजुज
वजन : २१२ २१२ २१२२

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...