back
CTIZAN AD

विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय

वि.सं.२०८१ असोज १४ सोमवार

513 

shares

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले विपद् अघि, विपद्को समय र पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना कम गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले जानकारी दिए ।

बैठकले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको छ । यसअघि प्रदेशका ११ जिल्लामा सडक पूर्वाधार कार्यालयबाट सेवा प्रवाह भइरहेको छ ।

मन्त्री ढकालका अनुसार लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने समेत आजको बैठकले निर्णय गरेको छ । जसअनुसार भिमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । साथै प्रदेश राजपत्र तथा कानुनहरुको सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।

वि.सं.२०८१ असोज १४ सोमवार ११:४० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...