back
CTIZAN AD

सुदूरपश्चिममा ११ हजार प्रहरी परिचालन गरिने

वि.सं.२०८१ असोज १४ सोमवार

495 

shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चाडपर्व लक्षित सुरक्षायोजना सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठ पर्वका समयमा हुन सक्ने आपराधिक चुनौतीलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका समय ११ हजार जना प्रहरी परिचालन गर्ने भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रवीन्द्र केसीले चाडपर्वका बेला हुनसक्ने सुरक्षा चुनौतीको मसिनो विश्लेषण गरेर सोहीअनुसार थप प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । सामान्य समयमा प्रदेशभर सात हजार प्रहरी कर्मचारी परिचालित हुन्थे ।

तर, कार्यालयभित्रको काममा खटिने, प्रदेश सशस्त्र प्रहरी गण, संघीय प्रहरी कार्यालयलगायतका कार्यालयका प्रहरीलाई समेत गरी थप चार हजार जनालाई फिल्डमा खटाउने गरी योजना बनाइएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयले विगतमा चाडपर्वमा कुन ठाउँमा के–कस्ता अपराधिक गतिविधि भए भन्ने कुराको पनि विश्लेषण गर्दै यो वर्ष पुनः त्यस्ता क्रियाकलाप हुन नदिनेगरी योजना बनाइएको जनाएको छ ।

चाडपर्वका बेला सीमा नाकामा हुने चोरी, तस्करी, ठगी तथा लुटपाट जस्ता घटना हुन नदिने सीमा क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिनेछ भने सवारी दुर्घटना न्यूनीकरणका लागि चेकिङ बढाउने, जनचेतनामुलक सन्देश प्रवाह गरिनेछ ।
उनकाअनुसार प्रत्येक जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना लागू हुनेछ ।

सबै जिल्लामा पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच गर्ने कार्यलाई समेत निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए । डीआईजी केसीले प्रदेशभर जिल्लासहित ९९ कमाण्ड पोष्ट रहेको बताए ।

यस्तै, २०६ जनाको रिजर्व टोली, १६० जना स्ट्राइकिङ्क टोली, ५५३ जनाको पिकेट पाँच सय ९९ जनाको पैदल गस्ती, २५० जनाको मोबाइल गस्ती, दुई सय ६५ जना सीमा नाका र सादा पोशाकका प्रहरी सुरक्षामा खटिने छन् ।

जुवातास नियन्त्रणका लागि २५० जनाको छुट्टै टोली बनाइएको छ भने राजमार्ग क्षेत्रमा स्कटिङ्क र तत्काल परिचान हुनेगरी थप २५० जनाको छुट्टै टोलीसमेत बनाइएको छ ।

प्रदेशभर शान्ति, सुव्यवस्था चुस्त, दुरुस्त पारेर आम नागरिकलाई ढुक्कसँग चाडपर्व मनाउने वातावरण बनाउने प्रयासमा आ–आफ्नो पक्षबाट सहयोग गर्न समेत प्रदेश प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

 

वि.सं.२०८१ असोज १४ सोमवार ११:४४ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...