back
CTIZAN AD

सिमनाथ-काहुँ सडक कालोपत्र गरिँदै

वि.सं.२०८१ असोज १५ मंगलवार

852 

shares

तनहुँ । यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ-काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको रु १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । “जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,” उनले भने, “जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।”

सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शङ्कर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ । रासस

वि.सं.२०८१ असोज १५ मंगलवार १३:३७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...