back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

वि.सं.२०८१ असोज १५ मंगलवार

732 

shares

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको हो ।

बैंकका अनुसार कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने जनाएको छ ।

बैंकका अनुसार यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस(पोइन्ट अफ सेल) सेवा, क्रेडीट कार्ड, डेविट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता

वि.सं.२०८१ असोज १५ मंगलवार १४:१४ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...