back
CTIZAN AD

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने

वि.सं.२०८१ असोज १५ मंगलवार

915 

shares

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता हरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् ।

बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले जनाएको छ । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ ।

बैंकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

वि.सं.२०८१ असोज १५ मंगलवार १४:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...